प्रधानमन्त्री ओली पूर्ण स्वस्थ

काठमाडौँ– राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य पूर्णरूपमा सुधार भएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई सम्भवतः शुक्रबार बेलुकीसम्म ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको छ ।

उपचारमा संलग्न डा।अरुण सायमिका अनुसार शुक्रबार बेलुकी वा शनिबार बिहानसम्ममा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भइसक्नेछन् । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?