१७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने पुन पक्राउ

काठमाडौं । १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने रोल्पाको माडी गाउँपालिका–१ का २१ वर्षीया दलबहादुर पुनलाई पक्राउ गरेको हो ।

दाङ प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माका अनुसार पुनलाई रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । 

उनी प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ परेका एसपी शर्माले जानकारी दिए  । 

उनीमाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?