चार्जिङ स्टेसन लुम्बिनीमा बस काठमाडौंमा !

 लुम्बिनी – लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका विद्युतीय बस अहिले काठमाडौं गुडिरहेका छन् ।
ती बसका चार्जिङ स्टेसन भने लुम्बिनीमा निर्माण भइरहेको छ । काठमाडौंभन्दा दुई गुणा बढी प्रदूषण चपेटामा परेको लुम्बिनीमा चलाउन बस ल्याइएको थियो । सरोकारवालालाई थाहै नदिई एक्कासि बस काठमाडौं पुर्‍याइएपछि यहाँ आक्रोश व्यक्त गरिएको छ । बसका लागि लाखौं लगानीमा यहाँ ब्याट्री चार्ज गर्ने मेसिन जडान भइरहेको छ ।

पर्यटन मन्त्रालयले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा लुम्बिनी विकास कोषका लागि ९ जनवरी २०१८ मा विद्युतीय बस, जिप र भ्यान उपलब्ध गराउने सम्झौता गरेको थियो । लुम्बिनीका लागि ल्याइएका बस सुटुक्क काठमाडौं लगी प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । त्यसको यहाँ व्यापक विरोध भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?