केयूकेएलकी कर्मचारी अख्तियारको झमेलामा

काठमाडौं– काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) की कर्मचारी मायादेवी भट्टराई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा प्रक्रिया अघि बढाएको छ ।
 भट्टराईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सहायक (प्रशासन) तह ४ करार सेवामा प्रवेश गरी सोही पदमा स्थायी नियुक्ति समेत भइ लाभ तथा सुविधा समेत लिएको देखिन आएको अख्तियारले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?