काठमाडौं-मोटरसाइकल चोरी गर्ने नेपाल प्रहरीका तीन जवान समातिएका छन् ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकमा कार्यरत प्रहरी जवान वासिङ्टन घर्ती र दीपेन्द्र शाही तथा महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत इन्द्रजित कडरियालाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरूले ५ कात्तिकमा क्षेत्रपाटीबाट बा.५७प २५९९ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । सिसिटिभी फुटेज अवलोकनपछि मात्रै उक्त चोरीमा प्रहरीकै जवान संलग्न रहेको पुष्टि भएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले मोटरसाइकल चढ्ने रहर पूरा गर्न उनीहरूले सो अपराध गरेको बताए । नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया