नापी सर्वेक्षक दुई लाख घुससहित पक्राउ

सिरहा । नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले मगंलबार दुई लाख घुससहित पक्राउ गरेको छ। 

एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने ठाउँमा १ कठ्ठा ३ धुर लेखिएको थियो। सोही श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको अख्तियार टोलीले बताएको छ ।
चौधरीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको  हो ।

रकमका लागि चौधरी सेवाग्राहीसँग बार्गेनिङ्ग गर्दै आएका थिए । अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले बताए अनुसार सेवाग्राहीकै सहयोगमा ती कर्मचारीलाई नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?