१५ वर्षीय बालिकाको एम्बुलेन्सभित्र बलात्कार

पाकिस्तान । पाकिस्तानको पञ्जाव प्रान्तमा १५ वर्षीय बालिकालाई दुई व्यक्तिले एम्बुलेन्सभित्र बलात्कार गरेर बाटैमा छोडिदिएका छन् ।

प्रहरीले बताएअनुसार बालिका मानसिक रुपमा अस्थीर बनेकी छिन् । ती बालिका करीब ८० किलोमिटर टाढा ननकाना शहरबाट बेपत्ता भएकी थिइन् ।

बालिका घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । युवतीका बुबाले आपतकालीन नम्बरमा पनि फोन गरेका थिए ।

बाबुआमाले ती युवतीलाई दुई व्यक्तिले जबरजस्ती गरेको र बालिका जोडले चिच्याएको समेत प्रहरीलाई बताएका छन् । पछि बलात्कारीले बालिकालाई झण्डै दुई किलोमिटर टाढा लगेर शहरमा छोडिदिएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?