माइक्रो बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौँको लैनचौरमा मंगलबार बिहान भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

माइक्रो बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नुवाकोटका प्रकाश तामाङको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

बा २ ख २०६८ नम्बरको माइक्रो बस र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल बिहान ६ बजे लैनचौर कपुरधारामार्गमा ठोक्किएका थिए।

घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार सोह्रखुट्टे बस्ने सरोज थापाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। माइक्रो चालकलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?