दशैँ आयो, पिङमा केटाकेटी झुम्न थाले (फोटो सहित)

काठमाडौं । समय बिहान ८ बजे, रानीवनको सानो चौर । ८, ९ वर्ष जतिका ८, ९ जना बालबालिका । दुई जना पिङमा मच्चिरहेका, केही बालबालिका आफ्नो पालो कुरेर बसिरहेका ।

यो दृश्य देखेपछि बाल्यकालको दशैँ याद आयो । केटाकेटीहरुमा दशैँको महत्व धेरै हुने गरेको छ ।

दशैँ आएपछि साना केटाकेटीहरु धेरै खुसी हुन्छन् । केटाकेटीहरु नयाँ लुगा लगाएर विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् र पिङमा झुम्मिन्छन् । 

 

हुन त प्रविधीले आफ्नो प्रभुत्व जमाएपछि यस्ता दृश्यहरु काठमाडौं उपत्यकामा कमै मात्र देखिन्छन् ।

पहिले  मनोरञ्जनको साधन नहुने भएकाले पिङको महत्व धैरे हुने गरेको थियो । तर, पछिल्लो समय युवाहरु विदेशीयकाले र बच्चाहरु मोवाइल र कम्प्युटरमा व्यस्त हुने भएकाले पिङ जहातहि देखिदैनन् । साथै पिङप्रतिको महत्व सहज बजारमा घट्दै गइरहेको छ । 

तस्वीर : गोबिन्द गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?