काठमाडौं । नेपालीले खाने आयोडिन नुनमा आवश्यकता भन्दा बढी मात्रामा भन्दा बढी आयोडिन नभएको खाद्य प्रवधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभागले प्रयोगशालामा गरिएको परीक्षणबाट आयोडिन नुनमा आयोडिनको मात्रा बढी नभएको जनाएको हो ।
बाहिर हल्ला भए जस्तो र नुनबारे प्रकाशित अध्ययनहरुले भने झैं अधिक मात्रा आयोडिन नुनमा आयोडिन नदेखिएको विभागले जनाएको छ । प्रयोगशाला परीक्षणमा यस्तो नदेखिएको विभागले जनाएको छ । नेपालीले प्रयोग गर्ने आयोडिन युक्त नुनको प्याकेटमा गरिएको परीक्षणमा बाहिर हल्ला भए जस्तो अधिक मात्रा नभएको विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले जानकारी दिइन् ।
महानिर्देशक जोशीले भनिन्,‘नेपाललाई जुन मात्रामा आयोडिन सेवनका लागि नुनको व्यवस्था गरिएको छ त्यसको न्यूनतम् मात्रा भन्दा माथि नै नुन पाएका छौं ।’ उनले आयोडिन नुनमा आयोडिनको अधिकतम् मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठीक र बेठीक भन्ने छुट्टै बहस भएको र यसका लागि स्वास्थ्य मन्त्रालयले स्तर निर्धारण गर्नुपर्ने बताइन् ।
उनले आयोडिनको मात्रा बारेको अध्ययन अपुरो छ यसलाई विस्तृत बनाउन जरुरी रहेको बताइन् । विभागका उपमहानिर्देशक शैलेशकुमार झाले खानामा आयोडिन नुनको मात्रा पकाउने तरिकामा निर्भर हुने बताए । उनले भने, ‘आयोडिनको मात्रा घट्ने वा बढ्ने कुरा खाना पकाउनेको तरिकामा भरपर्छ । कसले कसरी पकाएर खाना आयो भन्ने कुरामा यो भर पर्ने कुरा हो ।’
विभागका गुणस्तर महाशाखा प्रमुख किशोर केसीले नेपालले औषत खानुपर्ने भन्दा धेरै नुन खानाले ओडिनको मात्रा धेरै भएको देखिएको हुनसक्ने बताए । दैनिक ५ एमएम भन्दा बढी नुन नहुुने जनाउँदै नेपालीमा औसत ९.५ एमएम नुन खाने बानी देखिएको बताए ।
आवश्यकता भन्दा बढी मात्रामा नुन खाएकाले आयोडिनको मात्रा धेरै देखिएको उनको भनाइ छ । महाशाखा प्रमुख केसीले आयोडिनको प्रयोग र मात्राबारेमा विस्तृत अनुसन्धानको खाँचो रहेको औंल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया