पटक–पटक किन डुब्छ डुंगा ?

लेखनाथ — काठमाडौंबाट ०७३ साउन २३ मा पोखरा घुम्न आएका ७ जना सवार डुंगा फेवातालमा पल्टिँदा प्रतीक श्रेष्ठ र एलिन केसीको मृत्यु भएको थियो । बिनालाइफ ज्याकेट डुंगा चढेका उनीहरूलाई हावाहुरीले हुत्यायो ।

४० वर्षअघि फेवातालमा एकैपटक १९ जनाको मृत्यु भएको थियो । घाँसदाउरा गर्न हिँडेका स्थानीय सवार डुंगा ०१८ सालमा पल्टिएर १९ को ज्यान गएको थियो । ०४३ सालमा वनभोज खाएर फर्कंदै गरेका १८ जनाको मृत्युको कारण डुंगा दुर्घटना नै भयो ।

०६१ मा डुंगा पल्टिएरै ६ जना सुरक्षाकर्मीले ज्यान गुमाए । ०७३ मा पनि पटकपटक गरेर ५ जनाको मृत्यु फेवातालमा डुंगा पल्टिएर भयो । शनिबार फेरि बेगनासतालमा डुंगा पल्टिएर ८ जनाले ज्यान गुमाए । पहिलेपहिले लाइफ ज्याकेट र मोटरबोटजस्ता सुरक्षा र उद्धारका साधन नहुँदा मानवीय क्षति धेरै हुने गरेका थिए तर अहिले ती सबै सुविधा भएर पनि दुर्घटना भइरहेपछि प्रश्न उब्जिन थालेको छ- पटकपटक किन डुब्छ डुंगा ?

फागुनचैतमा हावाहुरी लाग्ने मौसम हो । त्यतिखेर हावाहुरीले ल्याउने छालले धेरै डुंगा पल्टाउँछन् । भदौ महिना त्यस्तो होइन । प्राकृतिक कारणबाहेक मानवीय कमिकमजोरीले डुंगा दुर्घटनामा बढी क्षति भएका छन् । बेगनासको डुंगा दुर्घटना लापरबाहीबाट भएको सरोकारवाला बताउँछन् । फेवाताल र बेगनासताल डुंगा व्यवसायी समितिले ५ वर्षअघिबाटै डुंगा चढ्नेलाई लाइफ ज्याकेट अनिवार्य गरेको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?