जोनसन चार्ल्सको शतकमा वेस्ट इन्डिजले नेपाललाई दियो २ सय २८ रनको विशाल लक्ष्य

लोकपथ
208
Shares

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २ सय २८ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको हो ।

उसका लागि ओपनर जोन्सन चार्ल्सले ११९ रनको शतकीय पारी खेले । त्यस्तै, आन्द्रे फ्लेचरले ५३ रन र फाबियन एलनले १९ रन बनाए  ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?