अर्घाखाँची । लायन्स क्लब अर्घाखाँचीले जिल्ला सदरमुकाम सन्धिखर्कका चोक-चोकमा सचेतनामूलक बोर्ड टाँगेको छ ।
विभिन्न सचेतनामूलक सन्देशहरू लेखिएका बोर्ड सन्धिखर्क बजारका मुख्य-मुख्य चोकमा टाँगिएको क्लबका अध्यक्ष कृष्ण भुसालले जानकारी दिए ।
क्लबका संस्थापक अध्यक्ष हरिप्रसाद भुसालसहित पदाधिकारी तथा सदस्यहरूले आफैँ पोलमा चढेर बोर्डहरू टाँगेका हुन् ।
मास्कको प्रयोग गरौं, बजार क्षेत्रमा हर्नको प्रयोग नगरौं, प्लास्टिकका झोलाहरू प्रयोग नगरौंसहित विभिन्न नारा लेखिएका बोर्डहरू टाँसिएपछि समाज रूपान्तरणमा टेवा पुग्ने विश्वास लिइएको क्लबका कोषाध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिए ।
क्लब पछिल्लो समयमा अर्घाखाँचीमा सामाजिक गतिविधिमा सक्रिय छ । सदस्यबाट उठाएको करिब ६० हजारको लागतमा बोर्डहरू राखिएको क्लबले जानकारी दिएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया