१५ आश्विन २०७९, शनिवार

‘नेपालका नदीहरूमा प्लाष्टिकको रोकथाम गर्न अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ’

२०७९,जेष्ठ,१०,मंगलवार ११:१७

90
Shares

काठमाडौं । क्रिएशन नेपाल, ग्रिड एरेन्डेल, डोको रिसायक्लर्स, इन्टरनेशनल सोलिड वेस्ट एसोसिएसन (इस्वा) र नर्वेजियन जियोटेक्निकल इन्स्टिच्युट (एनजीआई) ले नर्वेजियन रिटेलर्स फण्डको सहयोगमा “प्रिभेन्टिङ प्लाष्टिक इन नेपाल रिभर्स बाई बुस्टिङ् द इनफरमल सेक्टर” प्रोजेक्ट सुरु गर्ने घोषणा गरेको छ ।

वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, नेपालका लागि नर्वेजियन राजदूत तोरुण द्रमदल, क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्राको उपस्थितिमा आयोजनाको शुभारम्भ गरिएको थियो ।

‘हामीले पूजा गर्ने ठाउँ वाग्मती खोला सांस्कृतिक ठाउँ हो तर प्लास्टिक प्रदूषणका कारण नदीको मुल्य घटेको छ । यो समस्या समाधान गर्नका लागि नीतिहरूको कडा कार्यान्वयन हुन आवश्यक छ। हामीले आधारभूत तहका मानिसहरूलाई जानकारी दिनुपर्छ र संकलन प्रक्रिया अघि र पछि गल्ने र नगल्ने फोहोर छुट्याउन सिकाउनुपर्छ । वन तथा वातावरण मन्त्री भएको जिम्मेवारीले पनि नेपालका नदीहरुमा प्लाष्टिक प्रदूषण रोक्न पूर्ण सहयोग गर्नेछु ।’ मन्त्री यादवले भने ।

परियोजनाका केही भागहरूमा पूर्वाधार निर्माण गर्ने र विभिन्न प्रकारका सङ्कलन गरिएको प्लास्टिकलाई अलग–अलग सङ्कलन र पुनः प्रयोग गर्ने प्रणाली राख्नु पर्दछ।

यस परियोजनामा स्थानीय रूपमा सञ्चालित प्लास्टिक रिसाइक्लिङ्ग सुविधाको स्थापना पनि समावेश छ जसले नदीहरूमा फोहोर रोक्न उच्च र कम गुणस्तरको प्लास्टिकको व्यवस्थापन गर्न सकिने छ।

‘आज हामीले काठमाडौं उपत्यका वरिपरि हेर्दा नदी वा ल्यान्डफिल साइटहरू फोहोरको थुप्रोले भरिएका देख्छौँ, जुन मुख्यतया प्लाष्टिकको हुन्छ’, नेपालका लागि नर्वेजियन राजदूत तोरुन द्रम्दलले भनिन्। ‘प्लास्टिकको प्रदुषण सन् १९५० देखि अत्याधिक बढेको छ र यसको विश्वव्यापी असर ठूलो छ। प्लास्टिक प्रदूषणको बृद्धिले नर्वेजियन सरकारलाई यो विषयमा उच्च प्राथमिकत राख्दियो । काठमाडौंमा पनि मनसुन मौसममा प्लास्टिक को कारण ले खोला नाला मा ठूलो समस्या सिर्जना गरिएअको देखिन्छ । यो समस्याको समाधानको लागि पूर्ण जीवनचक्रलाई लक्षित गर्दै उचित सिर्जना गर्ने दिशामा काम गरि फोहोर व्यवस्थापन प्रणाली र एक पुनरावृत्ति प्रणालीजसलाई वातावरण संरक्षणका समस्याहरूलाई सम्बोधन गन लक्षित गर्नुपर्छ’ उनले थपिन्।

नेपालका लागि फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । अनौपचारिक मजदुरहरू सङ्कलनकर्तादेखि फोहोर उठाउने र स्क्र्याप डिलरहरूसम्म छन्। काठमाडौं उपत्यकामा काम गर्ने अनुमानित १०,०००–१५,००० फोहोर उठाउनेहरूमध्ये धेरै महिलाहरू छन्, तर तिनीहरू सबैभन्दा सीमान्तकृत छन्।

‘अनौपचारिक फोहोर मजदुरहरूको वातावरणका लागि महत्त्वपूर्ण भुमिका रहेको हुन्छ। तसर्थ, स्वच्छ, स्वस्थ र दिगो वातावरण राख्न र मानिसहरूलाई प्रोत्साहित गर्न व्यवहार परिवर्तन लागू गरिनुपर्छ । प्लास्टिक पुनरावृत्ति गर्न र नेपालका नदीहरूमा प्लाष्टिकको रोकथामका लागि अत्याधुनिक प्रविधिको प्रयोग ल्याउनुपर्छ ।’ आनन्द मिश्र क्रिएशनका संस्थापक र अध्यक्षले जानकारी दिए ।

काठमाडौंको जनसंख्या बढ्दै जाँदा प्लास्टिकको प्रयोग र फोहोर उत्पादन पनि बढ्दै गएको छ । राजधानीमा फोहोर व्यवस्थापन गर्न असंगठित फोहोर संकलन र खुला जलाउने कुरामा ध्यान दिनुपर्छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार ११:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिड्नी । अष्ट्रेलियाको पूर्वी राज्य क्वीन्सल्याण्डले विश्वको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत ऊर्जा भण्डारण योजना निर्माण गर्ने भएको छ ।

काठमाडौं । बडादसैँमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन । काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिवार

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्धन गर्न निम्बस र दायित्व बीच साझेदारी

काठमाडौं । नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरू गरेका छन्। भरतपुर महानगरपालिकाले तयार गरेको गुरूयोजनाअनुसार समन्वयात्मक

ताजा समाचार