विदेशी पर्यटकलाई नेपालीसरह आन्तरिक उडानमा छुट

लोकपथ
0
Shares

विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरूलाई नेपाली नागरिक सरह (आन्तरिक हवाई जहाजको भाडामा) छुट दिने सहमति गराएको हो ।

यसैगरी, पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशतसम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई छुट दिने निर्णय गरेको छ। यसरी विदेशबाट आउने नागरिकलाई हवाई भाडामा छुट दिने सहमती गर्ने हवाई जहाज कम्पनीहरूमा बुद्ध एयरलाइन्स प्रालि तथा यति एयरलाइन्स प्रालि रहेको सो समितिका संयोजक राजाराम गिरीले बताए।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?