काठमाडौं–युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ।
इनर्जी ड्रिंक्सका रूपमा रेडबुल बढी प्रयोग गर्नेहरूमा युवापुस्ता र खेलाडीहरू पर्दछन्। केही समयका लागि थकान मेटिएको अनुभव भए पनि यसले कालान्तरमा अनिद्रा, रक्तचाप बढाउने, चिन्ता बढ्ने, ह्दयाघात, टाउको र छाती दुख्ने समस्या, पखाला लाग्ने, छिनछिनमा पिसाब लाग्ने समस्या, तौल बढ्ने, मिर्गौलामा समस्या देखापर्नेलगायतका समस्या देखिने गरेका छन्। आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया