९ माघ २०७८, आईतवार

ओहो ! एक तोलाको औँठी ?

२०७५,जेष्ठ,२३,बुधबार १२:२६

18
Shares

स्थान : चोभार, काठमाडौं ।
मिति : २०७४ पुस १० गते 
अनि सन्दर्भ चाहिँ स्कुल पढेका पुराना साथीहरूबीच भेटघाट । गाउँबाटै रिजर्भ गरेर ल्याइएको बसमा ‘रमाइलो पिकनिक २०७४’ लेखेको तुल फहराइरहेको थियो ।
स्पटमा पुगेपछि ब्रेकफास्ट लियौँ । अर्डरअनुसार हाम्रा आफ्ना कुरा गर्ने सहमति जुट्यो । सबैले ‘हो मा हो’ मिलायौँ । कसैले महिला ट्राफिक प्रहरीसँग विवाह गर्दा हरेक रात चिट काट्नुपर्ने भन्दै ‘जोक्स’ सुनाए । कतिले केटाकेटी पारा देखाउँदै नन् भेजवाला जोक्स पनि सुनाए । कतिले सेवा गरे मेवा मिल्छ भन्ने आशयका अनुभव सुनाए । 
मैले चाहिँ सुनेँ मात्रै । 
बरु कसको कथा चाखलाग्दो छ भन्नेमा मेरो रुची थियो । गंगा, मखमली, कमला, पूजा, रञ्जन, विमल, विजय सबैका स्टोरी ‘विशेष’ छन् । अनु कार्कीको कथा अझ चाखलाग्दो रै‘छ ।

***
काकाले नुवाकोट विवाह गर्नुभएको थियो । नुवाकोट दुई पीपल । म सानै थिएँ । हिँड्न सक्ने बेलादेखि नै मलाई टाढा टाढाको यात्रा मन पथ्र्यो । नजिकका चिनेजानेका आफन्त र आफन्त पर्ने सबैको माइती -मामाघर- ससुराली जान पाउँदा आफूलाई ठूलै यात्री ठान्थेँ । 

एक दिन काकीको माइतीघरमा लाखबत्ती बालेर नारन पूजा लगाउने र भोलिपल्ट पाँच जना बटुकहरुको व्रतवन्ध गर्ने जानकारीसहित आउनै पर्छ भन्ने निम्ता आयो । आफ्नो माइतीघर काकी त जाने भइहालिन्,  हाम्रो घरमा तरकारी खेतीको मुख्य सिजन भएकाले त्यो यात्रा मेरै नाममा जुर्यो । म औधी मख्ख परें । 

***
करिब चारवटा ठूला–ठूला पहाड कटेपछि आयो काकीको जन्मे हुर्केको गाउँ । जुन गाउँ पुग्न हामीलाई ६ घण्टा लाग्यो । जंगलको बाटो कालिज, वनबिरालो, ढुकुर, सुगा, मैना अनि कोइलीको कुहुकुहु आवाज ।

खोलाखालीमा त ऐँसेलु, चुत्रो खान पाईने । कतैचाहिँ  बाघका पाइला। तन्ना, कुर्ता सलवार र घडी काँधमा झुन्डाएका व्यापारीहरू हिन्दीमा बोल्दै बरोबर जंगलको बाटो ओहोरदोहोर गरिरहन्थे । ठाउँठाउँमा भेटिएका सफा कुवा, बोलक्कड मानिसहरू, वर पीपलको चौतारा, आफ्नै घरमा बनाएर ल्याएको खाजा खान पिकनिक स्टाइलमा चौरमा बसेका मानिसहरू  । बाटोका दृश्य उस्तै रौनक लाग्दा थिए । 
यो मैले पहिलोपल्ट  नियालिरहेको थिएँ ।  एक ठाउँमा  यस्तो जोखिमपूर्ण उकालो बाटो आयो  कि, त्यो  बाटोमा  मलाई मेरो ज्यान भारी भएको थियो । अझ माइतीघरमा लाने मसलन्द (पाउर) काकीले च्यापेकी थिइन् ।

***
काकीको माइती पुगियो । मेरो मामाघर । सत्कारमा चारै माइजुहरुले उहाँको नन्द र मेरो खुट्टा ढोग्नुभयो । लाखबत्ती बालेर नारन पूजा लगाउने तथा भोलिपल्ट व्रतवन्ध भएकाले मामाघर भरिभराउ थियो ।

कोही बटुकहरुको लागि दुबोको माला उन्दै, कोही पुरोहितका लागि  धोतीपाटाको बन्दोबस्त मिलाउँदै कोही अचारका लागि ढडाएका सानो केराउ केलाउँदै, कोही पूजा सकिएपछि आँगन सजाउनका लागि तोरन बाट्दै । 
बटुकहरू चाहिँ दक्षिणाबापत पाएको रकम के मा खर्च गर्ने भन्नेमा खासखुस गर्दै थिए । बत्तीहरु झलमल बलेका थिए । रमाइलो दृश्य थियो । पूजा सकियो । जल प्रसादी टिकाटालो सकिएपछि भजनको तयारी थियो । 
युवाहरुको हुल आँखा तन्काउदै युवतीहरूको हुललाई  जिस्काउनमा केन्द्रित थियो । बुढापाकाहरू भजनको भाका आँखा बन्द  गरेर  फिल गर्दै थिए । अँधबैँसेहरू आँगनमा खुट्टा बजारेर कम्मर भाँच्दै थिए ।

***

वातावरण पूरै नाँचौ नाँचौ लाग्ने भएको थियो ।
म नाँच्न भनेपछि हुरुक्क हुने, गाउन भनेपछि तछाडमछाड गर्ने केटी आज रुझेको बिरालो झैँ भएकी  थिएँ । पिँडुलाको मासु फरक्क फर्केर अगाडि आउँथ्यो । पेटको भित्र कताकता बाउँडिन्थ्यो । मलाई निक्कै गाह्रो भयो । 
घडीमा साढे आठ भएको थियो । मलाई बेस्सरी पिसाब च्याप्यो । शौचालय खोजेँ , भेटिन । कसलाई सोध्ने अब ? म काकीको खोजीमा भीडभाडमा नियाल्न थालेँ । काकी भित्र आफन्तसँग  गफिँदै रहिछन् ।  मैले शौचालयबारे सोधेँ, उनले स्टीलको बिँड भएको टर्च ल्याइदिइन् ।

घरबाट दक्षिणपट्टि शौचालय रहेछ । अचम्म भो । पिसाब गर्न बस्दा मैले ट्वाइलेटको प्यानमा एउटा गोलो चिज देखेँ ।  सुरुवाल माथि तान्दै त्यसलाई खुट्टाले चलाएँ । मज्जाले टेकेँ केही भएन, अनि टिपेँ । 
हातमा राखेँ । कुर्ताको फेरले पुछेँ । बाफ्रे बडेमानको औँठी ! 
औँठी गह्रौैँ थियो । पहेँलो औंठी बीचमा हरियो पत्थर भएको । 
‘एक तोलाको हुनुपर्छ ।’, अनुमान लगाएँ ।

मनमनै सोचेँ, काकीलाई भन्छु । फेरि सोचेँ , ती छुच्चीलाई किन भन्नु ह्या होस् भन्दिन । तर मुटु अलिक बढी रफ्तारमा धड्किरहेको थियो औँठी भेटेपछि । पहिलो पटक त्यति बहुमुल्य चिज भेटेकी थिएँ ।

***

अरुले थाहा पाउने डर त छँदै नै थियो । कहाँ लुकाउने भन्ने चिन्ताले पनि ठाउँको ठाउँ पिरोल्यो । त्यसलाई औँलामा लगाऊँ, कसैले देख्ला र मेरो हो भन्ला । मेरो हो देऊ भने त ठीकै छ, यसले चोरी भने भने अर्को तनाव सिर्जना हुन्छ । 
हैन, टिप्दिन यहीँ छोडुँ भने त्यत्रो सुनको औँठी । बाहिर कसरी लाने ? फेरि भोलि घरसम्म त्यसलाई सुरक्षित पुर्याउनुपर्नेछ । खुट्टामा लगाउँ भने पनि हुँदैन । चप्पलमा अड्काउँ भने पनि स्वभाविक हुँदैन । म चेपुवामा परेँ । काकी बाहिर मलाई कुर्दै छ्वाल्ल आवाज दिइरहेकी थिइन् । आफ्नै माइती के भो र दुबो टिप्न बसेको निहुँमा मुत्र विसर्जन । 

कोही गा’छ ट्वाईलेटमा कान्छी ? बाहिरबाट आवाज सुनियो । काकीले जवाफ दिइन् ‘छोरी छ । घरको । दिउँसोभरि हिँडेर लखतरान थी । भात खाँदा अचार बढी खाई । पखाला चल्यो जस्तो छ । निक्कै बेर भो । काकीले अनुमान लगाइन् । 

तर, यता ट्वाईलेटमा पखाला मात्र हैन, मथिङ्गलमै युद्ध चलिरहेको थियो । विचारहरुको युद्ध । गर् र नगर् बीचको युद्ध । जे पर्ला पर्ला मैले एउटा ‘मास्टर प्लान’ रचेँ । 

तर, यता ट्वाईलेटमा पखाला मात्र हैन, मथिङ्गलमै युद्ध चलिरहेको थियो । विचारहरुको युद्ध । गर् र नगर् बीचको युद्ध । जे पर्ला पर्ला मैले एउटा ‘मास्टर प्लान’ रचेँ । 

कुर्ताभित्र समिज लगाएकी थिएँ । औँठीलाई त्यसमा बेरेर सुरवालमा घुसारेँ । अनि बाहिरबाट हेरेँ अलिक उठेको देखियो । पेटभित्र पसाउँदा त्यस्तो उड्को पनि नदेखिने । शौचालय बाहिर निस्केँ । 
काकीले सोधिन्, ‘डायरीया भा’को तँलाई ?’
‘हजुर’ म डराएर बोल्दा मधुरो आवाज निस्कियो त्यतिखेर । 
काकीलाई लाग्यो, डायरीयाले उसलाई बोल्न पनि गाह्रो पारेको छ । औँठीलाई पेटमा छामेको बहानामा छामेँ, सुरक्षित रहेछ ।

***

आँगनमा भजन गुन्जिरहेको थियोः
‘संसारी माया विचित्र मरेर के पो लान्छ र ?
नगर व्यर्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन ।’

***
काकीलाई आफू सञ्चो नभएको र सुत्ने ठाउँ देखाइदिन भनेँ । तर औँठी खस्न सक्ने सम्भावनालाई मध्यनजर गरिरहेँ ।
मेरो पूराका पूरा ध्यान औँठीमै थियो ।
धेरै जना पाहुना भएका कारण मसँगै काकी र केही बूढापाका पाहुनाका लागि बुइँगलमा सुत्ने प्रबन्ध मिलाइएको रहेछ । खुबै संयमित भएर बुइँगल पुगेँ । भित्तापछि पल्टिएँ ।  बिरामी छु जो भनेको थिएँ । 
सुनले त मलाई साँच्चिकै बिरामी बनाइदियो ।
उतिबेलै सुनको बजारको भाउ सम्झेँ – ५० हजार तोला । यो औंठी पक्कै एक तोला छ । अहो ! अब यो औँठी बजारमा लगेर बेच्छु । राम्रा राम्रा कुर्ता पाइन्ट, पेन्टी, ब्रा, किताब, कापी, आमालाई धोती, बालाई कमिज । किन्छु ।
तर… नाइँ !
यो सब सामान किन्न कहाँबाट पैसा आयो भनेर सोध्छन् होला । यो औँठीलाई बजारमा बेच्छु र बैंकमा पैसा राख्छु । अहो ! बैंकमा पैसा राख्न बाको बैंक खाता चाहिने, उहाँको नागरिकताको फोटोकपी । कहाँबाट ल्याउने ।

भेटिएको एक तोलाको औँठी व्यवस्थापन गर्ने हिम्मत नजुटेर म  ट्वाइलेट जाने भएँ । अर्थात्, औँठी त्यहीँ भेटेकै ठाउँमा छोड्न । 

म जुरुक्क उठेँ । पखाला लागेको अवस्था देखाउँदै ट्वाइलेट गएँ ।

आँगनमा भजन बजेकै थियो ।
‘शरीर त आगोले खाइ जान्छ…
खरानी पो भई जान्छ
धर्म गरे स्वर्गमा पाप गरे नर्कमा…. ’ 
म धर्म गर्ने भएँ । औँठी ट्वाइलेटमा छाडिदिने भएँ । जब ट्वाइलेटको ढोका खोलेँ  नि मलाई फेरि अर्को ट्याक्टिस फुर्यो  । 

राति निकै तानाबाना बुनेँ । यो औँठी मेरो बिहामा बेहुलालाई उपहार दिन्छु । कि, आउने भ्यालेन्टाइनमा दिउँ ? अहँ यति महँगो औँठी दिन्न । आफ्नो गर्जो टार्छु । म सुत्न सकिन । उकुसमुकुस भयो । मलाई केही बहाना बनाएर घर जान पाएपनि हुने भन्ने लाग्यो । तर  अनकन्टार जंगलमा बाघले खानसक्ने र औँठी चोरिन सक्ने राति नै घर निस्कनेबारे मैले केही सोचिन । म त बिरामी जो परेकी  थिएँ । 

त्यो बडो गजबको थियो । 
म पिसाब गरेर बुइँगलको भ¥याङ उक्लिएँ । मैले औँठीलाई सुटुक्क भित्तामा माटो र ढुङ्गाको चेपुवामा घुसारेँ । राति अस्मटिँदा ठोक्किएर खस्छ खस्दैनबारे जाँचे । खसेन ।

आँगनमा भजन सकिएर गीत गुन्जिएको थियो । राम गए वनैमा सीतालाई पिर पर्यो मनैमा ….
 
राति निकै तानाबाना बुनेँ । यो औँठी मेरो बिहामा बेहुलालाई उपहार दिन्छु । कि, आउने भ्यालेन्टाइनमा दिउँ ? अहँ यति महँगो औँठी दिन्न । आफ्नो गर्जो टार्छु । म सुत्न सकिन । उकुसमुकुस भयो । मलाई केही बहाना बनाएर घर जान पाएपनि हुने भन्ने लाग्यो । तर  अनकन्टार जंगलमा बाघले खानसक्ने र औँठी चोरिन सक्ने राति नै घर निस्कनेबारे मैले केही सोचिन । म त बिरामी जो परेकी  थिएँ । 

 

भोलिपल्ट…
मलाई त्यो रात असाध्यै लामो लाग्यो । बिहान ३ बजेबाट  माइजूहरुको घरधन्दा र गन्थनमन्थन शुरु भएको थियो  ।

म चाहिँ डायरीया भएको देखाउन प्रत्येक तीस मिनेटको अन्तरमा ट्वाइलेट जान्थेँ। दश सेकेन्डमै फर्किहाल्थेँ । 

चहकिलो घाम लाग्यो । राज्मा गोलभेँडाको तरकारीको वास्ना घरभरि छरिएको थियोे । मामाघरसँगै जोडिएको तेर्सो बारीको पाटामा बडेमानका चुल्हाहरु बनाइएको थियो । दमाई दाई एक छेउमा लुगा सिलाइरहेका । बटुकलाई भीख दिएर धर्म कमाउन बुढी आमैहरु पिँढीका छेउमा एक ठेलमठेल भिडमा खुट्टाको भरमा उभिरहेका । रातै पहिरनमा ।

मैले पनि घरबाट रातो घाँघर र सुरुवाल लगेकी थिएँ । रातै सल पनि थियो । मलाई बुईँँगल देखि आँगन अनि फेरि आँगनदेखि बुईँगल गरिरहन झ्याउ लाग्यो । फेरि त्यति महंगो वस्तु हिफाजत त गर्नैपर्यो नि । 
नयाँ जुक्तिअनुसार त्यो औँठी अब मेरो नयाँ सुरुवालको र्इँजार राख्ने प्वालमा बस्ने भयो । 
अरे वा ह्वाट एन आइडिया !
कस्ले पत्तो पाउने ? व्रतवन्धमा भोज भतेर गरेर हामी हतारिएर निस्कियौँ । 
‘के खान्छौ बाटोमा नानी ?’, घर फिर्ता हुने बेलामा हजुरआमाले सोधिन् ।
‘कसार ।’, मैले मागेँ । 

***
बाटोभरि मैले औँठी भेटेको, यसको लागि निकालेको जुक्ति अनि यसलाई बेचेर के कसो गर्ने भन्ने सोचेँ । तर डायरीया भएको बिर्सेछु । काकीले सोध्दा पो झस्केँ । 
हामी गल्छी बजारबाट गाडी चढेर घरतर्फ लाग्यौँ । 
काकीले गाडीभरि बान्ता गरिन् । मेरो घाँघरमा पनि पार्दिछिन् । झन्डै फसाद् परेन । 

***
घर आएपछि….
रात परिसकेको थियो । बा–आमा थकाई लागेको सुनाएँ र ओछ्यानतिर लागेँ । ओछ्यानमा घुम्लुङ्ग सिरक ओडेर सुरुवालको ईँजारमा छामछाम छुमछुम पारेँ । औँठी भेटिएन । आबुई ! अतालिएर पछाडिसम्म दुवै हात पुर्याए  । औँठी कम्मरमा पुगेछ । बल्लतल्ल निकालेँ । अब फेरि कहाँ राख्ने भन्ने चिन्ता भयो । आमालाई सुनाउँ कि झैँ लाग्यो । तर आमाले चोरेको भन्ने ठानिन् भने ?

बा सँग सल्लाह गरेर घरबाट निकाल्छिन् । अँह नभन्ने । सोचेँ भगवान्लाई थाहा छँदैछ क्यारे ! राती ब्युझिएँ । घडिको छोटो सुईँ २ मा थियो । हरे ! रात कत्ति लामो । निदाउन खोज्छु । औँठीको पिरलो । झिसमिसतिर मेरो आँखा जोडिएछन् ।  

बिहान म खेतालाको लागि खाजा किन्न बजार गएँ । यो चाहिँ मैले कुरेको मौका थियो । तर औँठी लुकाउने कहाँ ? मैले कपाललाई चराको गुँड जस्तो बनाएर पोको पारेँ । अनि त्यसैमा औँठी छिराएँ । अडिएन । फेरि पुरानो घाँघरमा नयाँ सुरुवाल लगाएर औँठी छिराएँ । बजार झरेँ ।

‘यो केटी अझै सुतिरहेकी हो कि क्या हो ?’ आमाको आवाज सुनेर म ब्युझिएँ । औँठी छामेँ । जहाँ राखेकी थिएँ त्यहीँ रहेछ । बिस्तारै सिरानी मुनि घुसारेँ  । औँठी ले निकै सकस दियो । न उता नाँचगान, न सन्चो विसन्चो कुराकानी, न खाना न निद्रा, टेन्सन त्यत्तिकै थियो, अझ बेस्सरी नाटक गर्नुपरेको थियो ।  

बिहान म खेतालाको लागि खाजा किन्न बजार गएँ । यो चाहिँ मैले कुरेको मौका थियो । तर औँठी लुकाउने कहाँ ? मैले कपाललाई चराको गुँड जस्तो बनाएर पोको पारेँ । अनि त्यसैमा औँठी छिराएँ । अडिएन । फेरि पुरानो घाँघरमा नयाँ सुरुवाल लगाएर औँठी छिराएँ । बजार झरेँ । स

रासर सुनारकहाँ गएँ । गाउँलेले देख्लान् भन्ने पीर उस्तै, पसलेले सोधखोज गरे के भनुँला भन्ने तनावले म गलिसकेकी थिएँ ।ट्वाईलेट कहाँ छ ? मैले सोधेँ । दुधराज दाईले संकेत गरे । ट्वाईलेट पसेर हत्तपत्त सुरुवालबाट औँठी निकालेँ ।

अब आफ्नै हो जस्तो पारामा हातमा राखी पसलेलाई नापतौल गर्न र मोलमोलाई गर्न भनेँ । 

म यताउता हेर्दै थिएँ कोही आए नाकमा लगाउने नथिया किन्न आको भन्छु भनेर । 

दुधराज दाईले भने, “लौ नानी ! यो नक्कली औँठी हो ५० रुपैयाँको । बिक्री हुँदैन । लाउ । ”

 ***
मैले ९ रेक्टर स्केलको भुकम्पको धक्का एक्लै महसुस गरेँ । मेरा सारा ईच्छाहरु एक निमेसमा माटोमा मिले । 

***
म उभिएकै निर कौवाले बिस्ट्यायो । र भुर्रर्र उड्यो ।  

प्रकाशित मिति: २०७५,जेष्ठ,२३,बुधबार १२:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लेखक तथा अभियान्ता तसलिमा नसरिन जहिल्यै आफ्नो बोलीका कारण चर्चामा हुन्छिन् । यसपटक उनले सरोगेसीलाई लिएर आफ्नो भनाइ

काठमाडौं । फिल्म ‘पुष्पा स् द राइज’ पछि अभिनेता अल्लु अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले

काठमाडौं । साउथ स्टार धनुष र उनकी पत्नी ऐश्वर्या रजनीकान्त हाल अलग्गिएको घोषणाले चर्चामा छन् । उनीहरूले सामाजिक सञ्जालबाट आफूहरू

काठमाडौं । फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् ।

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४