सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट अवैध लागूऔषध गाँजा १ सय ४८ किलोग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बिरपुर बस्ने २१ वर्षीय मो.सदाम र १८ वर्षीय किशोर रहेका छन् ।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया