मर्स्यांदी नदि अतिक्रमण गर्नेकाे सवारीसाधन नियन्त्रणमा

दमौली : तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मर्स्यांदी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

ग १ क २६४८ नंको एक्साभेटर र लु १ त १७०८ नंको ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । 

अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र ओसारपोसार गरिरहेको अवस्थामा ती सवारीसाधन फेला परेकाले नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो । 

एक सातायता जिल्ला प्रहरी कार्यालय, तनहुँले मर्स्यांदी, सेती, मादीलगायतका नदीबाट नियन्त्रणमा लिएका डेढ दर्जन सवारीसाधन कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ ।

अवैध उत्खनन् गरि नदीजन्य सामग्रीको तस्करी गर्नेमाथि तनहुँ प्रशासनले कडार्इ गर्न थालेकाे देखिएको छ । बैशाख ११ गते पनि भिमाद नगरपालिकास्थित दबलुङमा निषेधित क्षेत्रमा बालुवा उत्खनन् गर्ने दुर्इजनालार्इ प्रहरीले पक्रेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?