पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै थोक मूल्य घटेको छ। पछिल्लो डेढ सातायता गोलभेँडाबाहेक काउली, मूला, बन्दा, सागलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो । तर खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैन।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार मङ्सिरको पहिलो सातासम्म थोकमा प्रतिकेजी १०० रुपियाँमा कारोबार भएको स्थानीय काउली अहिले घटेर ३० रुपियाँमा झरेको छ। यस्तै मूला, बन्दा, फर्सी, सागलगायतका तरकारी सस्तिएका छन्। कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेका सानेपा घर बताउने विकास तुलाधरले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुद्रामा आफूले महसुस गर्न नपाएको गुनासो गरे ।
कालीमाटी बजारभित्रै रहेको खुद्रा बजार र थोक बजारको तरकारी मूल्यअन्तर हेर्दा पनि आधाभन्दा बढी अन्तर भएको पाएको अनुुभव तरकारी किन्दै गरेका रमेश थपलियाले सुनाए । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो १५ दिनयता मौसमी तरकारीको भाउ आधा घटेको खबर गोरखापत्रमा छापिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया