१४ जेष्ठ २०८०, आईतवार

कुखुरा फार्मबाट मनग्य आम्दानी

२०७४,आश्विन,२२,आईतवार ०८:११

0
Shares

राजेन्द्रप्रसाद पनेरुकञ्चनपुर, २२ असोज ।कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– १० का अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएका छन ।वैदेशिक रोजगारीबाट फर्केर उनले रु ३५ लाखको लगानीमा कुखुरा फार्म सञ्चालन गरेका छन ।स्थानीय बासिन्दाको दुई बिगाहा १० कठ्ठा जग्गा भाडामा लिएर उनले सञ्चालन गरेको लेयर्स कुखुरा फार्ममा तीन हजार कुुखुरा रहेका छन् । ती कुखुराले दैनिक रु २८ हजार आठ सय मूल्य बराबरका दुई हजार पाँच सय २० वटा अण्डा उत्पादन हुने गरेका छन् ।दैनिक १२ पेटी अण्डा उत्पादन हुने गरेका छन् । एक पेटीमा २१० अण्डा रहने गर्छन् । एक पेटी अण्डा रु दुई हजार चार सयमा बिक्री हुने गरेका छन् ।मासिक रु सात लाखभन्दा बढीको अण्डा बिक्री हुँदै आएको छ, सञ्चालक खत्रीले भने — “कुखुराको औषधि, दाना र फार्म सञ्चालनका लागि बैंक तथा सहकारी संस्थाबाट लिएको ऋणको किस्ता, ब्याज र कामदारको तलबमा रु पाँच लाख ५० हजार खर्च हुन्छ ।”सबै खर्च कटाएर मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी हुँदै आएको उनले बताए ।फार्मबाट उत्पादित अण्डा झलारी, कलुवापुर, वनसमिति, गुलरिया, वाणी, दैजीलगायतका स्थानीय बजारमा बिक्री हुँदै आएको खत्रीले बताए ।वैदेशिक रोजगार सकेर कतारबाट फर्केपछि उहाँले कुखुरा फार्म सञ्चालन गरेका हुन । वैदेशिक रोजगारीमा छँदा पाएको दुःख सम्झेर घरमै बसेर केही गर्नुपर्छ भन्ने अठोट लिई कुखुरा फार्म सञ्चालन गरेको उनले स्पष्ट पारे ।वैदेशिक रोजगारीमा छँदा मासिक रु ३० देखि ३५ हजार कमाउने गरेको थिए, खत्रीले भने, “कुखुरा फार्म सञ्चालन गरेपछि रु एक लाख ५० हजार स्वदेशमै परिवारसँगै बसेर कमाउँदै आएको छु ।”निश्चय र अठोट लिई लगनशीलताका साथ कार्य गरे आम्दानी हात पार्न धेरै मिहेनत गर्नुनपुर्ने उनको बुझाइ छ । वैदेशिक रोजगारीमा जानु नराम्रो नभए पनि स्वदेशमै उत्पादनशील कार्य गरे बढी आम्दानी लिन सकिन्छ, खत्रीले भने ।कुखुरा फार्मसँगै उनले बाख्रापालनको कार्यलाई समेत अगाडि बढाएका छन् । हाल उनको फार्ममा स्थानीय जातका ३० वटा बाख्रारहेका छन् ।स्थानीय बाख्रामा कृत्रिम प्रजनन गराई उन्नत नश्लका बाख्रा बिक्री गर्ने उनको योजना छ । उनले बाख्रापालनका लागि रु तीन लाख लगानी गरेका छन ।भाडमा लिएको त्यही जग्गामा उनले हरियो घाँस उत्पादन गर्ने कार्य समेत अगाडि बढाएका छन । 

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०८:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन् ।

धनुषा । कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ । शिक्षा

काठमाडौं । नेकपा (एमाले) मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९