यूएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

लोकपथ
364
Shares

सिरहा। यूएई पठाईदिन्छु भन्दै ३ लाखा भन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

यूएई पठाइदिने भन्दै १ जना व्यक्तिबाट ३ लाख १७ हजार रुपैयाँ ठगि गरेको आरोपमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर १ बस्ने ४३ वर्षीय रमेश महरालाई प्रहरीले पक्राउ गरेको हो ।

ठगी गरेको जाहेरीपछि महरालाई प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर १ अर्नामाबाट आईतवार पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?