काठमाडौं । फिलिपिन्समा एक सैन्य विमान दुर्घटनामा परेको छ । फिलिपिन्सको दक्षिणी भागमा भएको उक्त दुर्घटनामा ९० जना मानिस सवार रहेका बुझिएको छ ।
सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म ४० जनाको उद्धार गरिएको छ ।
सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल सिरिलितो सोबेजानाले बताएका छन् ।
विमानका अधिकांश यात्रुहरूले हालै मात्र आधारभूत सैन्य तालिम लिएका थिए र उनीहरूलाई उक्त टापुमा आतंकवादीहरूविरुद्ध लड्न खटाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया