काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।
यसैक्रममा महामन्त्री डा.शशांक कोइराला, उपसभापति बिमलेन्द्र निधि र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच भेटघाट भएको छ ।
एक हप्ताकोबीचमा नेतात्रयबीचको यो दोस्रो छलफल हो । महामन्त्री कोइराला निवासमा भइरहेको छलफलका क्रममा आगामी महाधिवेशन र वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको छ ।
शुक्रवार दिउँसो नेताहरु निधि र सिंह कोइरालालाई भेट्न कोइराला निवास महाराजगञ्ज पुगेका हुन् ।
यसअघि सोमवार तीनै नेताहरुले निधि निवास बानेश्वरमा भेटघाट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया