जेठ ९ गते दरबारमार्गमा ‘एक्सट्रीम स्याटर्डे’ : १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभलको तयारी

लोकपथ
0
Shares

काठमाडौं । आगामी जेठ ९ गते १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । यस वर्ष ’एक्सट्रीम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा यो उत्सवलाई ‘एक्सट्रीम स्याटर्डे’ (Xtreme Saturday) का रूपमा मनाउन लागिएइको हो ।

दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन आयोजकको दाबी छ । हरेक वर्षझैँ स्ट्रिट फेस्टिभलका लागि कुनै पनि शुल्क नतोकिएको कारण दर्शकहरुको बाक्लो उपस्थिती हुने विश्वास लिइएको आयोजकले जनाएको छ ।

उक्त फेस्टिभलमा बालबालिकाका लागि विभिन्न खेलहरू, ३x३ बास्केटबल, इ–स्पोट्र्स, सांस्कृतिक झाँकीहरू, Cosplay र फोटो बुथहरू राखिनेछ । यसैगरी विभिन्न स्वादका खानाका स्टलहरू र रिफ्रेसिङ पेय पदार्थहरू राखिने साथै मुख्य स्टेजका साथै सहायक स्टेजमा डिजेहरूको धमकेदार प्रस्तुति रहनेछ ।

यस पटकको सांगीतिक साँझलाई तताउन चर्चित कलाकार तथा ब्याण्डहरूको उपस्थिति रहनेछन् । जसमा जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एस टी म्यान, जे अथर, सालिन मगर एण्ड ब्याण्ड, प्रिजोल नेपाली एण्ड सरर र गन एल्भिस लगायतलाई सहभागि गराइँदैछ ।

कार्यक्रमलाई लोकप्रिय प्रस्तोताहरू रेमन दास श्रेष्ठ, रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले सञ्चालन गर्नेछन् ।

’एक्सट्रीम स्याटर्डे’ महोत्सव काठमाडौंको सांस्कृतिक र पर्यटकीय पहिचान बनिसकेको दरबारमार्ग स्ट्रिट फेस्टिभलले एकता र खुसी साटासाट गर्ने माध्यम प्रदान गर्दै आएको छ । एक्सट्रीम इनर्जी ड्रिङ्कको साथले यस वर्षको ’एक्सट्रीम स्याटर्डे’ अहिलेसम्मकै सबैभन्दा उत्साहजनक र यादगार हुने विश्वास लिइएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?