आज प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्दै

लोकपथ
196
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार (आज) मन्त्रिमण्डल विस्तार गर्दैछन् ।

आज प्रधानमन्त्री ओलीले ७ मन्त्रीसहित १ राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।

एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमा लेख्दै नियुक्त हुन लागेका मन्त्रीहरुलाई बधाई समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा पदपूर्ती गर्न लागेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते जनता समाजावादी पार्टीको महन्थ ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका थिए । साथै गृह रक्षा लगायत शक्तिशाली मन्त्रालय आफैँ मातहतमा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?