७ चैत्र २०७९, मंगलवार

रुघाखोकी र ज्वरो आएमा यसरी हेरचाह गरौँ

२०७४,आश्विन,२१,शनिवार ०१:१७

0
Shares

एजेन्सी । रुघाखोकी र ज्वरो मानिसमा कुनै पनि वेला आउन सक्छ । ज्वरो तथा रुघाखोकी बढ्दै गएमा मानिसलाई धेरै दिनसम्म सुताउँछ ।

वर्षायामको सुरु तथा अन्त्यमा, जाडोयामको सुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएन्जाका बिरामी बढी देखिने गर्दछन् । ज्वरो तथा रुघाखोकी धेरै ठूलो समस्या होइन भन्नेहरू पनि धेरै छन्, तर हेलचेक्र्याइँ गर्नुहुन्न । यसले मानिसमा ठूलो समस्या पैदा गर्न सक्दछ ।

बच्ने उपायहरु:

पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौँ । ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर–दोहोर हुने कोठामा आराम गर्ने गरौँ ।

खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने गरौँ ।साबुन पानीले मिचीमिची हात धुने गरौँ । आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलैजाऔँ ।

अनावश्यक रूपमा मानिसहरूको भिडभाड भएको ठाउँमा नजाऔँ । शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बसौँ । सकेसम्म अन्य व्यक्तिहरूसँग हात नमिलाऔँ ।

ज्वरो, रुघाखोकी भएका बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔँ ।

अरूले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौँ । नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गरौँ ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०१:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ढोरपाटन । सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छन् । अस्मिताको

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६