भातृ तथा शुभेच्छुक संस्थालाई चलायमान नबनाएको भन्दै धनराज गुरुङको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीले भातृ तथा शुभेच्छुक संस्थाहरुलाई चलायमान नबनाएकोप्रति आपत्ति जनाएका छन् ।

नेता गुरुङले आफूले त्यसबारे बारम्बार आवाज उठाएको बताउँदै तरुण दल, नेविसंघ लगायतका भातृ एवम् शुभेच्छुक संस्थाहरुको सुधार नहुनु दुर्भाग्य रहेको बताए ।

‘तरुण दल,नेबिसंघ लगायत भातृ एवं शुभेच्छुक संस्थाहरुको गठन एवं परिचालनका सम्बन्धमा धेरै पहिले के.स.बैठकमा कुरा राखेको थिएँ। तर आजसम्म भातृ एवं शुभेच्छुक संस्थाहरूमा कुनै सुधार नआउनु दुर्भाग्य हो।’ नेता गुरुङले भने ।

यसैगरी सबै नेताहरुलाई ध्यानाकर्षण होस भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताए ।

उनले भने- ‘सम्बन्धित सबै नेताहरुको ध्यानाकर्षण होस् भनेर सार्वजनिक रुपमै राखियो है। रिसानी नहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?