आजको राशिफल

लोकपथ
0
Shares

वि.सं. २०७७ साल फाल्गुन २५ गते । मंगलवार । इ.स.२०२१ मार्च ०९ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । फाल्गुन कृष्णपक्ष । तिथी– एकादशी, १६ बजेर २१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–उत्तराषाढा,२१ बजेर ५७ मिनेट उप्रान्त श्रवण । योग– वरियान,१३ बजेर ३८ मिनेट उप्रान्त परिध । करण–बालव,१६ बजेर २१ मिनेट उप्रान्त कौलव,२७ बजेर ४९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २२ मिनेटमा,सूर्यास्त १८ बजेर ०८ मिनेटमा । दिनमान २९ घडी २४ पला । बिजया एकादशी ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)– शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्ख्यौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा थप प्रगाडता थपिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)– दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । माया प्रेममा धोका हुनेछ भने आस्वासन बाँड्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । पढाइ रोकिन सक्छ ध्यान दिनुहोला । तरपनि धार्मिक प्रतिष्ठान तथा मन्दीरको यात्रा गरी टिका तथा प्रशाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)– गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । काममा बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । समय अनुसार नचल्नाले अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अविश्वास बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)– व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दूरीको यात्रा हुनेछ । साथि संगि तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)– शत्रुमाथि विजय गर्न सकिनेछ तथा आँट,शाहस, हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विषेक हुनेछ । मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछीसम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)– समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहनेछ । बौद्धिक क्रियाकलापमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्ला । अध्ययनमा बाधा हुने तथा अरुका लागी समय खर्चनु पर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुनाले लगानीको वातावरण टरेर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)- राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दी आउने भए पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईँदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । अध्ययन तथा अध्यापनबाट भनेजस्तो नतिजा नआउन सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)- आफ्नै मेहनेतले व्यावसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)- बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रमा कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेकोछ । कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनेछ । प्रेममा अविस्वास सिर्जना हुनेछ । तरपनि गित संगितको क्षेत्रमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)- राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुचना प्रबिधीको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)- दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । अध्ययन तथा कामको लागी छोटो दुरिको यात्रा गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)- अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?