शिक्षा समितिको सभापतिमा रास्वपाकी शेरचन, यस्ता छन् प्रतिवद्धताहरु

लोकपथ
217
Shares

काठमाडौं । नवनिर्वाचित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजश्वी शेरचनले विज्ञताको आधारमा आफूले समितिको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

शुक्रबार सिंहदरबारमा समितिको सभापतिमा निर्वाचित भएगलत्तै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएकी हुन् ।

सत्तापक्ष र प्रतिपक्ष भन्दा पनि शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका विज्ञहरुले दिएका सुझावको आधारमा समितिको कामलाई प्रभावकारी ढंगले अघि बढाउने उनको योजना थियो । सभापति शेरचनले समितिको कामलाई प्रभावकारी बनाउनका लागि विषयविज्ञहरुसहितको उपसमिति तत्काल बनाउने समेत बताइन् ।

उनले भनिन्, ‘हामी डिफरेन्स सेक्टरमा मान्छेहरु, डिफरेन्ट विज्ञता भएका मानिसहरु सँगै जोडेका छौँ । अहिले हामी पक्ष र विपक्ष भन्दा पनि टिम नेपाल भनेर अगाडि जान्छौँ भनेर म त्यस्तै किसिमले अघि बढ्न चाहन्छु । हामी स्वास्थ्यकर्मी छौँ धेरै जना । डक्टर्स, नर्सहरु छौँ । हेल्थ पोलिसी मेकरहरु पनि हुनुहुन्छ । एजुकेशन सेक्टर कन्ट्रिब्युट गरेका मान्छेहरु हुनुहुन्छ । त्यस्तै गरेर सूचनामा पनि आईटी सेक्टरमा भन्ने सूचनाबाट नै आएका व्यक्तित्वहरु पनि हुुनुहुन्छ । उहाँहरुलाई ल्याएर सव कमिटीको आधारमा, विज्ञताको आधारमा डिभाईड गरेर इफेक्टिभली हामी अगाडि बढ्छौँ ।’

सभापति शेरचनले समितिलाई पक्ष र विपक्षमा भन्दा पनि नेपालको पक्षमा काम गराउने आफूले चाहेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?