ट्रम्प समर्थकद्वारा सिनेटमा हिंसात्मक प्रदर्शन, राजधानी डिसीमा कर्फ्यु

न्यूयोर्क । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रबेश गरी तोडफोड गरेपछि राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा गोली लागेर एक महिलाको मृत्यु भएको र कम्तिमा ६ जना अस्पताल भर्ना भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी कङ्ग्रेस सिनेट मा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका समर्थकहरुले संसद्‍भित्रै पसेर आक्रमण गरेका हुन्।

वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो ।
तर निर्वाचनमा पराजित ट्रम्प समर्थित हजारौं प्रदर्शनकारीहरूले संसद भवनभित्र प्रवेश गरी उच्छृंखल गतिविधि गरेपछि अवस्था नियन्त्रण बाहिर गएको जनाइएको छ ।

प्रहरीले ५ वटा हतियारसहित १३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?