काठमाडौं । संखुवासभामा हिजो (आइतवार) प्रहरी र विप्लव समूहबीच गोली हानाहान भयो । आइतवार दिउँसो सवा ३ बजे चैनपुर नगरपालिका-४ मैदानेमा गस्तीमा गएको प्रहरीको टोलीमाथि विप्लव समूहले गोली चलाएको थियो ।
गस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी थिए । एपिएफसहित खटिएको प्रहरी टोलीमाथि लक्षित गरि विप्लव समूहले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।
यो पनि : संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान
के भन्छ प्रहरी :
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लका अनुसार ‘एपिएफसहित हाम्रो २०-२२ जनाको टोली नियमित गस्तीका लागि मैदाने पुग्यौँ । पुग्नासाथ खटिएको प्रहरी टोलीमाथि उताबाट फायरिङ भयो । अनि हाम्रो टोलीले जवाफी फायरिङ गर्यो ।’
डिएसपी मल्लका अनुसार विप्लव समुहका कार्यकर्ताले ५ राउण्ड गोली चलाए । ‘प्रहरीले करिब २० राउण्ड फायर गर्यो । प्रहरीमाथि ५ राउण्ड गोली चलाएर उनीहरु जंगलतिर भागे ।’ उनले थपे ।
प्रहरी टोलीमाथि फायरिङ गरेको विप्लव समूहको यस्तो विज्ञप्ती :
विप्लव समूहले भने यस घटनालाई नक्कली भिडन्त भनेको छ । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले सरकारले दमनको नीति लिए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ । संखुवासभाको चैनपुर–४, मैदानेमा भएको घटनापछि विज्ञप्ति जारी गर्दै नेकपाले आफ्नो कार्यकर्ताको परिवारमाथि आक्रमण गरेको भन्दै भत्सर्ना गरेको हो ।

यो पनि पढ्नुहोस् : विप्लवको विज्ञप्ति- ‘दमन गरे सशक्त प्रतिरोध गर्छौं’
विप्लव समूहको विज्ञप्ती बारे के भन्छ प्रहरी ?
‘विज्ञप्तीमा भनेको जस्तो केहि पनि भएको होइन, विज्ञप्तीमा उनीहरुले जे पनि लेख्न पाए । तर गस्तीमा गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि लक्षित गरि विप्लव समूहले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।’ डिएसपी मल्लले लोकपथसँग भने ।
फायरिङबाट कसैलाई क्षति नपुगेको उनले बताए ।
यस अघि ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए । ०७६ असार १६ मा पनि संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा पनि प्रहरीमाथि आक्रमण भएको थियो ।
विप्लव समूहले गत मङ्सिर २३ गते मोरङको मिक्लाजुङको रमितेखोलास्थित बर्खे गाउँका राजेन्द्र श्रेष्ठको घाँटी रेटी विभत्स हत्या गरेको थियो ।
यो पनि पढ्नुहोस् : निहत्था शिक्षक हत्या : प्रहरीले फेला पार्यो ‘क्ल्यू’, भेटेन अपराधी
अब कसरी अघि जाने ? विप्लव समूहले भन्यो – ‘अध्ययन गर्दैछौँ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया