विप्लवको विज्ञप्ति- ‘दमन गरे सशक्त प्रतिरोध गर्छौं’

काठमाडौँ– नेत्र बिक्रम चन्द ( विप्लव) नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले सरकारले दमनको नीति लिए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

संखुवासभाको चैनपुर–४, मैदानेमा भएको घटनापछि विज्ञप्ति जारी गर्दै नेकपाले आफ्नो कार्यकर्ताको परिवारमाथि आक्रमण गरेको भन्दै भत्सर्ना गरेको हो । मैदानेमा आइतवार  विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर गरेका कारण जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लका अनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् भने प्रहरीले करिब २० राउण्ड फायर गरेको छ ।

विप्लवले भने यसलाई नक्कली भिडन्त भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?