मौसम: सामान्य बदली हुने, यस्तो छ तीन दिनको अवस्था

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल प्रदेश २ र बागमती प्रदेशका केही भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू-भागहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १ गते (बुधबार)

आज बुधबार प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका केही भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ । आज राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

पौष २ गते (बिहिबार)

बिहिबार दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने र राती पहाडि भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

पौष ३ गते (शुक्रबार)

शुक्रबार दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती देशको पहाडि भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?