पूर्व सांसद कमानसिंह लामाको निधन

काठमाडौं । पूर्व सांसद एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ ।

पूर्व राजदूत समेत रहेका लामाको बुधवार उपचारको क्रममा निधन भएको हो ।

उनको निधनप्रति प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा दुख प्रकट गर्दै सभामुख सापकोटाले शोक सन्तप्त परिवार एवम् आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?