बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्दै एमाले अध्यक्ष ओली

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बढी प्रभावित जिल्ला धादिङको गल्छीमा अवलोकन गरेका छन् ।

उक्त प्रभावित क्षेत्रको अवलोकन गर्दै ओली बढी पीडितको गुनासो सुनिरहेका छन् ।

धादिङका साथै उनले नुवाकोटको बेलकोटगडीका केही स्थानमा अवलोकन गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जिफन्ट, भूतपूर्व सेना-प्रहरी संगठन, रिटर्नी फेडेरेसन लगायतका स्वयंसेवकहरूको टोली उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रिय रूपमा खटिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?