काठमाडौं । चरम विवादमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद अझ बल्झिने मोडमा पुगेको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि स्थायी कमिटी बैठकमा छलफल हुन नसक्ने अडान दोहोर्याएका कारण यो विवाद अझ बल्झिने खतरा बढेको हो ।
पार्टीको आन्तरिक समस्याका बारेमा छलफल गर्ने एउटा मात्र कार्यसूची तय गरी बसेको पार्टीको स्थायी कमिटीको बैठकमा ओलीले पठाएको पत्र वाचन गरी जानकारी गराएर शुरु गरिएको थियो ।
ओलीले पठाएको पत्र सचिवालय बैठकमा ईश्वर पोख्रेलले पढेर सुनाएको र पत्रमा ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष दाहालको प्रस्तावलाई बैठकमा औपचारिक छलफल गर्न नसकिने धारणामा रहेकाले बैठकमा अनुपस्थित भएको उल्लेख रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए ।
ओलीले आफू बैठकमा नजानुको कारण प्रचण्डको प्रस्ताव भएको खुलाएसँगै अब नेकपाको विवाद कसरी टुंगिन्छ भन्ने आशंका र संशय पैदा भएको छ ।
बैठक आगामी मङ्सीर २८ गते १ बजेसम्मको लागि स्थगित गरिएको छ । बैठकले अध्यक्षद्वयले बैठकमा र यसअघि राखेको प्रस्ताव अध्ययनका लागि स्थायी कमिटीका सदस्यलाई ७ दिनको समय दिँदै अर्को बैठक मंसिर २८ गते दिउँसो १ बजेका लागि तोकेको हो।
बैठकले आगामी २५ गते बोलाईएको केन्द्रीय कमिटी बैठक पनि सार्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठक पुस ५ गते बस्ने कार्यसूची निर्धारण गरेको छ ।
यसअघि प्रकाशित :
स्थायी कमिटी बैठकमा नगएका ओलीले पठाएका थिए पत्र, के थियो व्यहोरा ?
ओली बिना बसेको नेकपा स्थायी कमिटी बैठक स्थगित, के भयो कुरा ?
४० मिनेट ढिलो गरी शुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओली गएनन् !
शुरु भएन नेकपाको स्थायी कमिटी बैठक, ओली अझै पुगेनन् धुम्बाराही
नेकपाको स्थायी कमिटी बैठक : धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा
नेकपा स्थायी कमिटी बैठक आज बस्दै, समाधानको सुत्र पहिल्याउन सक्ला ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया