काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।
मङ्सिर २० गते बस्ने गरी आजको बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
अध्यक्षद्वयले यस अघि सचिवालयमा प्रस्तुत गरेको प्रस्तावका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको थियो । यसअघि मंगलवार(हिजो) पनि बैठक बसेको थियो । हिजोको बैठकमा छलफल गर्न बाँकी रहेका विषयहरुमा आज छलफल गर्ने भनिएपनि बैठक शुरु भएको केही समयमा नै अर्को मिति तय गर्दै बैठक सकिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका छन् । सचिवालय बैठकअघि ओली र अर्का अध्यक्ष आफू निकटका नेताहरुसँग रणनीतिक छलफल गरेका थिए ।
यो पनि
ओली सचिवालय बैठकमा सहभागी हुने
खुमलटारमा आफू निकटका नेताहरुसँग प्रचण्डको छुट्टै छलफल
एक घण्टा सर्यो नेकपा सचिवालय बैठक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया