ढकाल समूहसँग अर्थतन्त्र उकास्ने क्षमता छ : अध्यक्ष गुप्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार एवम् नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष सुवोध कुमार गुप्ता संग नेपालको औधोगीक क्षेत्रको अवस्था साथै महासंघको निर्वाचन पश्चात निजि क्षेत्रले गर्नुपर्ने कार्य बारे संवाद गरेका छौ ।

उनका अनुसार पछिल्लो समय उद्योगहरू बिस्तारै फस्टाउँदै गएका थिए । सरकारी स्वामित्वको उद्योग तथा कलकारखाना धराशायी भएको अवस्थामा निजी क्षेत्र र वैदेशिक लगानी मार्फत् सञ्चालित उद्योगहरू आर्थिक र उत्पादनका दृष्टिकोणले सबल बन्दै गरेका थिए । तर कोभिड– १९ को संक्रमण र केन्द्रीय सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहद्वारा विभिन्न चरणमा कोभिडका कारण लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण यस्ता उद्योगहरू प्रभावित बन्न पुगे । रोजगार उपलब्ध गराउनु महत्त्वपूर्ण भूमिका खेलेको उद्योगका कारण हजारौं जनशक्तिले बेरोजगारको समस्या व्यर्होनु पर्‍यो ।

यता, नेपालको करिब पौने ३ करोड जनसंख्यामध्ये करिब ४० लाख नेपाली वैदेशिक रोजगारीको शिलशिलामा खाडि मुलुकमा छन् । नेपालमा वर्षेनी ३४ देखी ३५ अर्ब रुपैयाँको चामल तरकारी आयात हुने गरेको छ । कृषि प्रधान देशमा यति धेरै मात्रामा आयात हुनु दुखद विषय रहेको छ ।

कुनै पनि देश कृषिक्रान्तिपछि औद्योगिक युगमा प्रवेश गर्छ, त्यसपछि सेवा क्षेत्रमा आउने हो, तर विगत १५ बर्षदेखि हामी उल्टो बाटोमा हिडिरहेका छौं । चार महिनामा झण्डै पौने सात अर्ब रुपैयाँको चामल र पौने ४ अर्ब रुपैयाँ बराबरको तरकारी आयात हुने देशलाई कृषि प्रधान देश कसरी भन्ने प्रश्न तेस्रिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार गुप्ताले अहिलेको वर्तमान समयमा औधोगीक क्षेत्रमा समस्या रहेको बताएका छन् । निर्वाचनमा उमेद्ध्वारमा रहनु भएका प्रतिनिधीहरु अनुभवि तथा दक्ष रहनु भएको गुप्ताको भनाई छ । निर्वाचन पश्चात निजि क्षेत्रमा देखिएका समस्या सुल्झीने उनको विश्वास रहेको बताए । चन्द्र ढकालसँग साना ,मझौला तथा ठुला उद्योगलाई विकाश गर्ने क्षमता भएको बताए । उमेशलाल क्षेष्ठ पनि पारिवारिक वातावरणमा नै व्यवसायीककरणको ज्ञानबाट आएका एक सफल व्यक्तीत्व रहेको हुँदा नेपालका उद्योग क्षेत्रका समस्या सुल्झीने बताए । साथै उनले गुणनिधि तिवारी प्रति पनि आफु विश्वस्त रहेको बताए ।

कोभिड १९ का कारणले प्रभावित बनेको अर्थतन्त्र धरासायी बनेको बताउदै गुप्ताले अबको लागी निजी क्षेत्रकाले व्यक्तीत्वहरु मिलेर छलफल गर्नुपर्ने बताए । योजनाका साथै कार्यान्वयनमा ध्यान दिन सके पक्कै पनि मुलुकमा औधोगीक क्षेत्र विस्तार हुने बताए ।

मुख्य गरि मुलुकमा औधोगीक क्षेत्रमा आन्तरिक श्रमीक नरहेको बताए । जसले गर्दा अहिले कोभिडका कारण बाहिरबाट आएका श्रमीक आफ्नो देश फर्किदा थप समस्या रहन सक्ने बताए ।

महंगी बढ्दै गएको यो अवस्थामा उत्पादन शुन्य रहेको छ । लगानी डुव्दै गरेको यो समयमा सरकारबाट सकारात्मक नितिको आवश्यक्ता रहेको बताए । औधोगीक क्षेत्रमा अबका दिनमा आईशोलेसनका साथै कडा रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने उनको भनाई छ । केहि आन्तरिक श्रमीक रहेपनि दक्षता अभावका कारणले काममा ढिलासुस्ती देखापरेको बताएका छन् ।

उत्पादनको कमि वर्षाै देखिको समस्या यथावत छ । नेपालले ४ महिनाको अबधिमा २६ अर्ब ३५ करोड रुपैयाँ बराबरको बस्तु निर्यात गर्नुले कृषिमा आधारित अर्थतन्त्र नभएर सेवामा आधारित अर्थतन्त्र बन्न पुगेको प्रमाणित गरेको उनको भनाई छ ।

बार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य बस्तु आयात गरिरहेको देशको कूल गार्हास्थ उत्पादनमा ५५ प्रतिशत जति योगदान सेवा क्षेत्रको पुगिसक्यो ।

उच्च आर्थिक वृद्धिदरको अपेक्षा गरेका गरिएको छ । सात प्रतिशतभन्दा बढी नै लक्ष्य छ । अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा रूपान्तरण गर्न प्रयास गरिएको छ । कुल गार्हस्थ उत्पादनमा उत्पादनशील क्षेत्र १२ प्रतिशत योगदान रहेकोमा कुनै समय घटेर चार प्रतिशतसम्म झरेको थियो । उद्योगको योगदान बढाउँदै लैजानुपर्ने चुनौती छ । यद्यपि लगानीको उपयुक्त वातावरण बन्दै गएको छ । एकाध वर्षभित्र जीडीपीमा उद्योगको योगदान १० प्रतिशत पुग्ने मद्दत गर्दै छ । कोभिडले अवरोध पु¥याउँदै आएको छ । तर पनि तथ्यांकलाई टेकेर हेर्ने हो भने वैदेशिक लगानी घटेको छैन ।

अघिल्लो आवमा कुल २६ अर्ब उद्योग विभागको तथ्यांकले देखाउँछ भने गतमा आवमा ३८ अर्ब लगानी भित्रिएको छ । यता ६ अर्बभन्दा बढी लगानी स्वीकृत गर्ने लगानी बोर्डले कोभिडको समयमै झन्डै एक खर्ब ८४ अर्ब लगानी स्वीकृत गरेको छ । यसले लगानी बढेको छ । संख्यात्मक रूपमा घटेको पक्कै हो । तर रकमका हिसाबले लगानी बढेकाले गुणात्मक हिसाबले लगानी बढ्नु सुखद् पाटो हो । सन् २०१० सँग तुलना गर्ने हो इज अफ डुइङ बिजनेस इन्डेक्समा पनि भरपूर सुधार भएको छ ।

उद्योग धन्दा बचाउन के गर्न सकिन्छ फलस्वरुप नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनबाट आउने समुहले यस्ता तमाम खालका समस्याहरुको समाधान गरेर औधोगीक क्षेत्र विस्तारका साथै कृषिमा क्रान्ति ल्याउनमा पहल गर्ने आश गर्न सकिने गुप्ताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?