रोनाल्डोको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

काठमाडौं । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ । दोस्रो पटक कोरोना परिक्षण गर्दा पनि रोनाल्डोको रिपोर्ट पोजेटिभ आएको मार्काले जनाएको छ ।

परिक्षणको पछिल्लो रिपोर्ट पोजेटिभ देखिएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाउने भएका छन् । युभेन्टसले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा बार्सिलोनासँग आगामी बुधवार खेल्दैछ ।

यूईएफको नियम अनुसार कोरोना संक्रमित खेलाडीको रिपोर्ट खेल भन्दा एक हप्ता अघि नेगेटिभ हुनु पर्नेछ । जसको कारण कोरोना नेगेटिभ आएपनि रोनाल्डोले यूईएफएको प्रोटोकल अनुसार बार्सिलोनासँगको खेल खेल्ने छैनन् ।

नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो । कोरोनाको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएपछि रोनाल्डो पुनस् सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?