दशैँका आशिष !

ॐ आयूद्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानं च दुर्योधने
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे

यसको अर्थ

अश्वत्थामाको समान लामो आयु , राजा दशरथका समान ख्याती, राम चन्द्रका समान शत्रुलाई परास्त गर्ने क्षमता, राजा नहुषका समान ऐश्वर्य , वायुको समान वेग , दुर्योधनको जस्तै मान–सम्मान , सूर्य पुत्र कर्णका समान दानी ,बलरामका समान बलशाली , कुन्ती पुत्र युधिष्ठिरका समान सत्यवादी , विदुरका समान नीतिज्ञ र भगवान नारायणका समान कीर्तिशाली बन्न सकियोस् ।

भद्रमस्ति शिवं चास्तु महालक्ष्मी प्रसीदतु
रक्षतु त्वां सदा देवा आशिषः सन्तु सर्वदा

कल्याण होस् , महालक्ष्मी प्रसन्न हुनुहोस् , देवताहरुले सधै रक्षा गरिरहुन् , सधै महापुरुषहरुको आशीर्वाद लागिरहोस् ।

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

जयन्ति, मङ्गला, काली ,भद्रकाली ,कपालिनी ,दुर्गा ,क्षमा , शिवा , धात्री , स्वाहा , स्वधा , नामले प्रसिद्ध तिमिलाई नमस्कार छ ।

जय त्वं देवी चामुन्डे जय भूतार्तिहारिणी ।
जय सर्वगते देवी कालरात्री नमोऽस्तुते ।।

देवी, चामुन्डे ! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दुःख हरण गर्ने जगदम्बे ! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी ! तीम्रो जय होस् हे कालरात्री ! तिमिलाई नमस्कार छ ।

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके
शरण्येत्र्यम्बके गौरि नारायणी नमोऽस्तुते

सब मङ्गलमा माङ्गल्यरुप,कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी ! तिमीलाई नमस्कार छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?