नेपाल प्रहरीमा एकैपटक ५ हजार बढीलाई रोजगारीको अवसर

काठमाडौं । नेपाल प्रहरीले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी जवान (जनपद) मा भर्ना लिन लागेको हो ।

जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ भने अरू समावेशीतर्फ छ । समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ । महिलातर्फ चार सय ४१ जना मागेको छ ।

कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ। दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ ।

सूचना पढ्नको लागि तलको लिंक क्लिक गर्नुहोस्

Bigyapan-PC-2077-06-30-Net

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?