काठमाडौं । यो साता विश्वभरबाट खिचिएका केही उत्कृष्ट तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ :
रुसको मस्को वाटर एरिया फेस्टिभलमा उडिरहेका देखिने दुईजना फ्लाइबोर्डरहरू।
अमेरिकी पश्चिमी तटमा विशाल डढेलोले प्रभावित पारिरहँदा ओरेगन राज्यको फ्रीमन्ट राष्ट्रिय बन छेवैमा मुस्लोको नजिकै रहेका घोडाहरू।
देशलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दैगर्दा त्यो हेर्ने एकजना महिलाको आँखामा देखिएको ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको प्रतिविम्ब। जोनसनले सङ्क्रमितको सङ्ख्या पुन: बढ्न थालेपछि लगाइएका प्रतिबन्धहरू छ महिनासम्म जारी रहन सक्ने बताएका छन्।
केन्याको मापारासा पर्वतमा आयोजना हुने मासु खाने एउटा पर्वमा सहभागी मासाइ समुदायका मानिसहरू। उक्त पर्व यसअघि कोरोनाभाइरसका कारण सारिएको थियो।
प्रतिक्रिया