जुम्लामा अनसनरत डा केसीलाई काठमाडौं ल्याइयो

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा गोविन्द केसीलाई आज काठमाडौं ल्याइएको छ ।

जनताको सेवा गर्नका लागि जुम्ला पुगेका डा केसीले गत भदौ २९ गतेबाट जुम्लामा आफ्नो १९ औँ अनसन शुरु गरेका थिए ।

उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई सोमवार जुम्लाबाट काठमाडौं ल्याउने तयारी गरि आज काठमाडौं ल्याइएको हो । तर उनले काठमाडौं आएपनि अनसन नछाड्ने भएको उनी निकट स्रोतले जनाएको छ ।

यसअघि डा केसीले विभिन्न मागहरुसहित १५ औँ अनसन जुम्लामा नै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?