तस्वीरमा हेर्नुहोस्- भक्तपुरको विभत्स ‘क्राइम सिन’

काठमाडौं । शुक्रवार साँझ भक्तपुरमा एकै परिवारका तीन सदस्यहित आफ्नै घरमा पालेको एक कुकुरको शव भेटिएको खबर सनसनीपूर्ण ढंगले फैलियो । ‘क्राइमसिन’ हेरेपछि घटनास्थल पुगेका छिमेकी, जनप्रतिनिधिले घटना ‘हत्या’ नै हो कि भन्ने अनुमान गरेका छन् ।

यद्यपी यसबारे प्रहरीले प्राविधिक र अरु पाटोहरुमा मिहिन ढंगले अनुसन्धान गरिरहेकोले अहिले नै हत्या वा मृत्यु भन्न नसकिने जनाएको छ ।

भक्तपुर, मध्यपुर थिमि नगरपालिका – ९ निकोसेरामा भएको उक्त घटना महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर टाढा मात्र रहेको छ । एकै परिवारका तीन जना, ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीसहित सोही घरमा पालेको कुकुर पनि मृत र गलेको अवस्थामा फेला परेको थियो ।

आफ्ना दाजुको घरमा गएका सुदिपका भाई सुनिल अधिकारीले घटनाको बारेमा प्रहरीलाई खबर गरेसँगै महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय भक्तपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको महानगरीय अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले लोकपथलाई जानकारी दिए ।

मृतकको घर नजिकैका एक छिमेकीले दिएको जानकारी अनुसार उनीहरुको परिवार तीन दिनदेखी बाहिर निस्किएका थिएनन् । भने मृतकले सञ्चलान गर्दै आएको पसल पनि तीन दिन देखि बन्द रहेको छिमेकी ले बयान दिएका छन् । राससले उदृत गरेको छिमेकी लक्ष्मी लामाले तीन दिनदेखि पसल बन्द रहेको र लकडाउनका कारण नखोलिएको होला भन्ने आफूले ठानेको बताएकी छिन् । मृतकका अर्का एकजना छिमेकीले तीन दिन देखि सो घर सुनसान देखेको बयान दिएका छन् ।

मृत अवस्थामा भेटिएकी महिलाको शव खाटमा लमतन्न अवस्थामा देखिन्छ । उनको शरिरभरि रगत लागेको र पिडौलामा केही खत जस्तो र शरिर गलेको देखिन्छ ।

त्यस्तै मृत अवस्थामा भेटिएको उनका छोराको शव ढोकामा लमतन्न अवस्थामा भेटिएको छ ।

मृत अवस्थामा भेटिएको सेतो रङको कुकुर कालो रङको झोला जस्तो देखिने वस्तु नजिकै सिक्रीबाट नजिकै तर नबाधिएको अवस्थामा देखिन्छ ।
मृतकमध्ये सबैभन्दा विभत्स तस्वीर मृतक छोरा शुशान्त अधिकारीको देखिन्छ । उनको शव रहेको खाटमा रगताम्मे देखिन्छ । र भित्तामा पनि रगत लत्पतिएको देखिन्छ ।

लोकपथलाई प्राप्त दृष्य हेर्दा घटना हत्या नै भएको अनुमान लगाउन सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?