भोलिदेखि उपत्यकामा १६ सिट क्षमताभन्दा माथिका यातायातका साधनमा जोरबिजोर लागू

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ३ सातायता जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै सबै किसिमका निजी सवारीका साधानमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?