काठमाडौं – बितेको २४ घण्टामा थप ४१८ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै थप ४३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा ८ जना टेकु अस्पतालमा गरिएको परिक्षणमा १७ जना, पाटन अस्पतालमा ५ जना, विर अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जना, नेपाल प्रहरी अस्पतालमा २ जना स्टार अस्पतालमा ५ जना, विरेन्द्र अस्पताल छाउनीमा ३ जना गरी बितेको २४ घण्टामा मात्रै थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हिजो काठमाडौंमा २२ जनामा संक्रमण पुष्टि भएको थियो ।
गत साउन ७ गतेबाट एकाधबाहेक अन्य सेवाहरु खुलेको अवस्थामा काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढीरहेको छ ।
यसैबीच घना बस्ती भएका शहरहरुमा बढेको संक्रमितको चाप, बढीरहेको मृत्युदर लगायतका विषय र कोरोना संक्रमण पुष्टि भएसँगै फेरिपनि लकडाउन गर्ने कि नगर्ने वा कस्तो व्वस्था गर्ने भन्ने सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भोली जनस्वास्थ्य विज्ञसँग छलफल गर्दैछन् ।
यसैबीच नेपालमा आज (सोमवार) थप ४१८ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमितहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।
नेपालमा हिजो (आईतवार) २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया