Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

मौद्रिक नीति : उद्योग व्यवसायका लागि चालु पूँजी २० प्रतिशत उपलब्ध हुने

लोकपथ संवाददाता २ श्रावण २०७७, शुक्रबार १६:१४
तस्वीर गूगल
तस्वीर गूगल
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायका लागि चालु पूँजी २० प्रतिशत उपलब्ध गराउने भएको छ । चालु मौद्रिक नीति मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

कोभिड १९ बाट अति प्रभावित उद्योग व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उदेश्यले ऋणीको अवस्था हेरेर र परियोजनाको अवस्था हेरेर २०७६ चैत्रमा कायम रहेको चालु पूँजी कर्जाको सीमा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले थप कर्जा विस्तार गर्न सक्ने व्यवस्था गरेको छ।

चालु बजेटमा व्यवस्था भए बमोजिम स्थापना हुने ५० अर्बको पुनकर्जाकोषबाट निश्चित मापदण्डको आधारमा पर्यटन, मझौला, घरेलु तथा साना उद्योगहरुमा लगायतका व्यवसायको संचालन तथा ती क्षेत्रकमा श्रमिहरुको पाश्रिमिक भुक्तानी तथा रोजगार उद्यम गर्नका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा दिने व्यवस्था गर्ने भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।