विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाउने रुस पहिलो देश, सबै परीक्षण सफल

काठमाडौं । रुसको सेचेनोभ यूनिभर्सिटीले आईतवार विश्वमै पहिलोपटक कोरोना भाइरस विरुद्धको भ्याक्सीनको परीक्षणमा आफू सफल भएको दाबी गरेको छ ।

ट्रान्सनेशनल मेडिसिन एण्ड बायोटेक्नोलोजी भुतिम तारासोभ संस्थानका निर्देशकका अनुसार जो मानिसमा यो भ्याक्सीनको प्रयोग गरिएको छ, उनीहरुमध्येको पहिलो समुहलाई १५ जुलाई तथा दोश्रो समुहलाई २० जुलाईसम्ममा अस्पतालबाट डिस्चार्ज गरिनेछ ।

उनले संसारकै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सीनको सफलतापूर्वक परीक्षण गरिएका बताएका छन् । उनले भ्याक्सीन सुरक्षित भएको पुष्टि पनि भएको छ ।

यो औषधि अब छिट्टै नै बजारमा पाइने कम्पनीले बताएको छ ।

लुकाशेवका अनुसार भ्याक्सीन विकास योजनामा शुरुदेखि नै यसको उत्पादनलाई लिएर रणनीति बनाइएको छ । यसमा भाइरसको साथै महामारी विज्ञानको स्थिती र ठूलो स्तरमा उत्पादन गर्ने सम्भावना रहेको उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

तारासोभका अनुसार महामारीको संक्रमणबाट विश्वलाई बचाउनका लागि विश्वविद्यालयले एक शैक्षिक संस्थान मात्र नभएर एक वैज्ञानिक र टेक्निकको अनुसन्धानको रुपमा काम गरेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?