आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

लोकपथ
280
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज  छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले घटेको  हो । 

अघिल्लो दिन  २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ सय रुपैयाँले घटेर  २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

 त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।  महासंघमा अनुसार आज चाँदी प्रतितोला १०५ रुपैयाँले घटेको हो । अघिल्लो दिन  ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको  चाँदी आज  १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा कारोबार भएको महासंघले  जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?